दमक/ पतञ्जली योग अर्गानिक योग साधना केन्द्र दमक –८, झापाले तेस्रो वार्षिक उत्सव, सम्मान कार्यक्रम र बडादशैं २०८३ को शुभकामना आदान प्रदान कार्यक्रम एक भव्य समारोहका बिच सम्पन्न गरेको छ । कार्यक्रममा अर्गानिक योग साधना केन्द्रलाई सुन्दर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने ज्येष्ठ सदस्यहरु, नियमित उपस्थित हुने साधक साधिकाहरु, कार्य समितिमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्ने कार्य समितिका गुरुहरुलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो । कार्यक्रम दमक नगरपालिका वडा नं ८ का वडा अध्यक्ष धर्मप्रसाद दहाल (दिपेश) को प्रमुख आतिथ्यतामा र पयोस कोशी प्रदेश महासचिव योग गुरु लक्ष्मीप्रसाद काफ्लेको विशिष्ट आतिथ्यतामा र पयोस जिल्ला समिति पदाधिकारीहरु, पयोस जिल्ला महिला समिति, पयोस दमक नगर महिला समिति, पयोस दमक नगर समितिका पदाधिकारीहरु, वडा संयोजकहरु, दमक नगर सांस्कृतिक समितिका पदाधिकारीहरु ,दमक नगरपालिका भित्र संचालनमा रहेका साधना केन्द्रका संयोजक, मुख्य प्रशिक्षक लगायत साधक साधिका हरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा पयोस दमक नगर समितिका उपाधयक्ष कुमार खनाल, महिला नगर अध्यक्ष उमा पाठक, झापा जिल्ला उपाध्यक्ष सुशील निरौला, कोशी प्रदेश महासचिव लक्ष्मीप्रसाद काफ्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
पतञ्जली योग अर्गानिक योग साधना केन्द्रका संयोजक ओम खनालको अध्यक्षतामा भएको सो कार्यक्रममा साधनाका सह–संयोजक हरि अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन साधनाका सचिव गंगाप्रसाद सेढाईले गरेका थिए ।
पतञ्जली योग अर्गानिक योग साधना केन्द्रको वार्षिकोत्सवमा सम्मान र बडादशैंको शुभकामना

