कमल/ झापाको कमल–५ स्थित लगनशिल कृषि सहकारी संस्थाले १९ औं वार्षिक साधारण सभाका लागि प्रतिवेदन सार्वजनिक गरेको छ । संस्थाको कार्यालयमा एक संक्षिप्त कार्यक्रम गरी अध्यक्ष गोविन्द खनाल, संस्थापक अध्यक्ष अम्बर बहादुर कार्की, पूर्व अध्यक्ष नरेन्द्र बहादुर कार्की, लेखा सुपरिवेक्षण समिति संयोजक युवराज कार्की, स्थानीय सामाजिक अगुवा भोजकुमार घिमिरे, सल्लाहकार गीता गजुरेल, संस्थाका कार्यसमिति सदस्य, उपसमिति सदस्य लगायतले संयुक्त रुपमा प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
लगनशिल सहकारीको १९ औं वार्षिक साधारण सभा आगामी असोज ६ गते स्थानीय रोडस्टार पाटी प्यालेसमा हुँदैछ । सार्वजनिक गरिएको प्रतिवेदनअनुसार संस्थामा १ हजार ६४९ शेयर सदस्य रहेकोमा शेयर पुँजी तीन करोड एक लाख तीन हजार, निक्षेप २६ करोड ७१ लाख ८५ हजार ४०४ र कर्जा कारोबार २१ करोड १४ लाख ७ हजार ४८४ रुपैयाँ रहेको छ । संस्थाले दूध डेरी तथा किसानका लागि यूरिया, डीएपी लगायत मलको समेत कारोबार गर्दै आएको छ । मुख्य कार्यालय पाडाजुँगीबाहेक सो सहकारीको केर्खा र चुलाचुलीमा गरी दुई वटा शाखा रहेका छन् ।
साधारण सभामा संस्थामा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य तथा पशुपालक दुग्ध किसानहरुलाई समेत पुरस्कार र सम्मान प्रदान गरिने कार्यक्रम रहेको व्यवस्थापक तिलक कार्कीले जानकारी गराए । सो सहकारीले कमल गाउँपालिका र इलामको चुलाचुली गाउँपालिकाको वडा नं. ४ र ५ लाई कार्यक्षेत्र बनाई कारोबार, व्यापार र विविध सामाजिक कार्यहरु गर्दै आएको छ । संस्थाले शेयर सदस्यहरुको अधिकतम हितलाई ध्यानमा राखेर सहकारीको नीति, नियम, विधि र प्रकृयाअनुसार कार्य गर्दै आइरहेको त्यस अवसरमा जानकारी गराइयो ।
लगनशिल कृषि सहकारीको १९ र्औं साधारण सभालक्षित वार्षिक प्रतिवेदन सार्वजनिक

