दमक/ साहित्य कला सङ्गम दमकको आयोजनामा कवि, साहित्यकार तथा मुक्तककार ओमप्रसाद खनालको मुक्तक सङ्ग्रह ‘मनको फित्कौली’ एक समारोहका बिच लोकार्पण गरिएको छ । दमक प्रज्ञा प्रतष्ठिानका अध्यक्ष समेत रहेका वरिष्ठ साहित्यकार डा. गोपालप्रसाद भण्डारीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा साहित्य कला सङ्गमका पूर्वअध्यक्ष नरपति पाण्डे, पूर्वमहासचवि दिपक सुवेदी, मिक्लाजुङ साहित्य समाज मोरङका अध्यक्ष ईन्द्रप्रसाद घिमिरे, कृतिकार ओमप्रसाद खनाल, भारत आसामका साहित्यकारहरु रामप्रसाद दाहाल र अनुप शर्मा, शैक्षिक व्यक्तित्वहरु लिलानाथ खनाल र शेषकुमार निरौला, कृतिकारकी जीवनसंगिनी तुलसा खनाल लगायतले संयुक्त रुपमा सो कृति लोकार्पण गरेका हुन् ।
लोकार्पण भएको मुक्तक सङ्ग्रहलाई साहित्यकार शिशिर भट्टराईले समीक्षात्मक टिप्पणी गरे । कार्यक्रममा कृतिकार खनालले मुक्तक सङ्ग्रह प्रकाशन गर्दाका अनुभवहरु प्रकाश पारेका थिए ।
कार्यक्रममा साहित्यकारहरु विवेक दुलाल क्षेत्री, रामप्रसाद उपाध्याय, रीता पोखरेल, मेघनाथ बन्धु, ओमप्रकाश गौतम, दिपक सुवेदी, चन्द्र सम्वाहाम्फे, भगवती दवाडी, गणेश गौतम लगायतले आ–आफ्ना रचना वाचन गरेका थिए । कार्यक्रममा साहित्यकारहरु पुस्ता राई, अनुप बैरागी, किशोर खनाल, प्रेम बहादुर बस्नेत, नेत्रप्रसाद दाहाल, गोपाल दाहाल, खड्ग बहादुर खड्का, पदमप्रसाद ओली लगायतको उपस्थिति रहेको थियो ।
दीपिनी आधारभूत विद्यालयको सभाहलमा भएको सो कार्यक्रममा नव वर्ष २०८३ को शुभकामना आदानप्रदान समेत गरिएको छ । साहित्य कला सङ्गमका उपाध्यक्ष यादवप्रसाद अधिकारीले स्वागत मन्तव्य राखेको सो कार्यक्रम साहित्य कला सङ्गम दमक झापाका अध्यक्ष विन्दु दहाल मूकदर्शकको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संचालन सङ्गमका सचिव वीरेन्द्र खड्काले गरेका थिए ।
साहित्यकार ओमप्रसाद खनालको ‘मनको फित्कौली’ मुक्तक संग्रह लोकार्पण

