Site icon Jestha Aawaj | ज्येष्ठ आवाज

साहित्य कला सङ्गमको ५९ औं रचना वाचन कार्यक्रम सम्पन्न

दमक/ साप्ताहिक श्रृंखला अन्तर्गत साहित्य कला सङ्गम दमकले सिर्जनशिल रचना वाचन कार्यक्रमको ५९ ओै श्रृङ्खला सम्पन्न भएको छ । कवि तथा साहित्यकार प्रा. डा. बद्री विशाल पोखरेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष डा. गोपाल प्रसाद भण्डारी, दमक प्रज्ञाका पूर्व अध्यक्ष हेमनाथ अधिकारी, प्रतिभा निकेतनका संस्थापक अध्यक्ष खेमलाल पोखरेल, प्रतिभा निकेतनका वर्तमान अध्यक्ष कमलराज भट्टराई लगायतको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा दुई दर्जन भन्दा बढी स्रष्टाहरुले रचना वाचन गरेका थिए । रचना वाचन गर्नेहरुमा साहित्य कला सङ्गमका उपाध्यक्षहरु यादवप्रसाद अधिकारी झाक्रिखोले, चन्दा गड्तौला, महासचिव ओमप्रसाद खनाल, सचिव बिरेन्द्र खड्का, सहसचिव मेघनाथ बन्धु, कोषाध्यक्ष नेत्र अधिकारी, सदस्यहरु रामकुमार उपाध्याय, विवेक दुलाल क्षेत्री लगायत स्रष्टाहरु जीवनहरि शर्मा, नारायण प्रसाद शर्मा, अम्बिका प्रसाद सापकोटा, गोपाल प्रसाद दाहाल, किशोर खनाल, पदमप्रसाद ओली, त्रिलोचन रेग्मी, खड्ग बहादुर खड्का, रामप्रसाद पौडेल, यादवप्रसाद नेपाल, यज्ञप्राद भट्टराई, लिलाङ्स भण्डारी, बुनु चेम्जोङ, शान्तप्रसाद भट्टराई, गीता कुँवर, तारा निरौला रहेका छन् ।
कार्यक्रम साहित्य कला सङ्गमका अध्यक्ष विन्दु दहाल मूकदर्शकको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव ओमप्रसाद खनालले गरेका थिए ।

Exit mobile version