Site icon Jestha Aawaj | ज्येष्ठ आवाज

दमकको सानो प्रयास युवा समाजद्वारा शैक्षिक सामग्री वितरण

दमक/ दमकमा सक्रिय सानो प्रयास युवा समाज नामक सामाजिक संस्थाले आज, मङ्सिर ९ गते, झापाको कमल गाउँपालिका वडा नं. ५ मा अवस्थित श्री सिद्ध देवी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।
विद्यालयका १०८ जना बालबालिका विद्यार्थी भाइबहिनीहरूलाई कपि, कलम, इरेजर, सापनर, पेन्सिल लगायतका शैक्षिक सामग्री वितरण गरिएको हो।
उक्त कार्यक्रममा संविधानसभा सदस्य दीपक कार्की प्रमुख अतिथि रहनुभएको थियो।
शैक्षिक सामग्रीका साथै, दमक ५ मा रहेको ब्रोड-वे क्याफेका सञ्चालक विपिन सुवेदी र विशाल पौडेलको सहकार्यमा विद्यालयका १०८ जना विद्यार्थीहरूलाई ब्याग समेत वितरण गरिएको थियो।
संस्थाका अध्यक्ष छवि खतिवडाले दिएको जानकारी अनुसार, उक्त कार्यक्रममा ८० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरिएको थियो।
सामग्री वितरण कार्यक्रममा सानो प्रयास युवा समाजका पदाधिकारी, सदस्यहरू, स्कुल व्यवस्थापन समितिका अध्यक्ष, जनप्रतिनिधि लगायतको उल्लेख्य उपस्थिति रहेको थियो। समाजले विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको हो।

Exit mobile version