Jestha Aawaj | ज्येष्ठ आवाज

कमल नगर अस्पतालको निःशुल्क एम्बुलेन्स सेवा, सुत्केरी महिलाका लागि जीवनदायिनी सुविधा

कमल/ झापाको कमल गाउँपालिका वडा नं. स्थित कमल नगर अस्पतालले सुत्केरी आमा नवजात शिशुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाको सहयोग ओम आदि फाउण्डेसनको योगदानमा उपलब्ध भएको यो सेवा २४ घण्टानै  उपलब्ध रहेको

सुत्केरी महिलाका लागि राहत

अस्पतालका अनुसार गर्भवती सुत्केरी महलिा प्रसूती सेवाका लागि निःशुल्क रुपमा अस्पताल आउनजान सक्ने भएका छन् यसले विशेषगरी ग्रामीण भेगका महिलाहरूलाई सुरक्षित मातृत्व सेवासम्म पहुँच बनाउन सहज बनाएको .. २०८१/०८२ मा मात्रै १३० जना महिलाले निःशुल्क एम्बुलेन्स सेवा लिएका  थिए यसबाहेक, अन्य नागरिकले पनि सुलभ मूल्यमा एम्बुलेन्स सेवा उपयोग गर्न सक्ने भएका छन् कमल गाउँपालिका अध्यक्ष तथा अस्पताल संचालन समितिका अध्यक्ष हुकुमसिंंह राईले निःशुल्क एम्बुलेन्स सेवाले ग्रामीण भेगका महिलाहरूलाई समयमै अस्पतालसम्म पुग्न मद्दत पुगेको यसले मातृ शिशु मृत्यु दर घटाउनमा समेत विशेष योगदान दिएको जानकारी गराए

ओम आदि फाउण्डेसनको सहयोग

अस्पतालमा सञ्चालन भइरहेको एम्बुलेन्स ओम आदि फाउण्डेसनबाट प्राप्त भएको बताइएको कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकालले फाउण्डेसनप्रति आभार व्यक्त गर्दै समुदायमा स्वास्थ्य सेवामा पहुँच बढेको विश्वास व्यक्त गरे

सुरक्षित मातृत्वका लागि अन्य कार्यक्रमहरू

कमल नगर अस्पतालले विगतदेखिनै मातृशिशु स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको अस्पतालमा उपलब्ध निःशुल्क सेवाहरू यस प्रकार रहेका छन्

दक्ष स्वास्थ्यकर्मी तथा मेडिकल अफिसरसहित सामान्य सुत्केरी सेवा (नर्मल डेलिभरी)

नवजात शिशु तथा आमाको स्वास्थ्य निगरानी,

चिकित्सकको सम्पर्कमा उपचार सुविधा,

पिएनसी होम भिजिट कार्यक्रम, नर्सिङ्ग कर्मचारीद्वारा घरमै पुगेर स्वास्थ्य जाँच,

कमल निवासी  सुजन देवानले यो कार्यक्रमले सुरक्षति मातृत्व प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्याएको बताएका छन्

समुदायको विश्वास बढ्दै

कमल गाउँपालिका वडा नं. का वडाध्यक्ष अशोक सुब्बाले निःशुल्क एम्बुलेन्स सेवा सुरु भएपछि गर्भवती आमा अस्पतालसम्म सजिलै ल्याउन सकिने   समयमै उपचार पाउँदा अकालमा मृत्यु हुनबाट जोगाउने बताए यो कार्यक्रमबाट  आमाबुबा परिवारमा पनि विश्वास जगाएको   स्थानीय समुदायले पनि सेवाप्रति सकारात्मक प्रतक्रियिा दएिका छन् गाउँपालिका अध्यक्ष राईले ज्येष्ठ नागरिक, गरीब, असहाय सबैका लागि यो कार्यक्रम सेवाग्राहीहरुबा लागि वरदान सावित भएको प्रष्ट पारे   उनले समस्यामा परेका आर्थिक अवस्था कमजोर भएका नागरिकहरु यसबाट लाभान्वित भएको यो सेवा अझै प्रभावकारी बन्ने विश्वास व्यक्त गरे   आगामी दनिमा यसलाई अझ प्रभावकारी बनाउनेछौँ।

सेवाका लागि कमल नगर अस्पतालको एम्बुलेन्स चालक संगम राईलाई ९७४५८७३३८१/९८२५९०५६६५ मोबाइल नम्वरमा सम्पर्क गर्न सकिने अस्पताल प्रमुख दिपक दाहालले जानकारी गराए अर्को सम्पर्क नम्वर यस प्रकार , कमल नगर अस्पताल, तोपगाछी क्याम्पा ०२३४७५०५९ मेल ठेगाना : पबmmगिलष्अष्उबष्तिथजयकउष्तब२िनmबष्।िअयm

ज्येष्ठ आवाजको सामाजिक उत्तरदायित्व अन्तर्गत प्रकाशित

Exit mobile version