Jestha Aawaj | ज्येष्ठ आवाज

अनाथ बाल वृद्धाश्रमका आश्रितलाई थाउजेन्ड ग्रुपले गरायो भोजन

दमक/ थाउजेन्ड ग्रुप अफ दमकले झापाको दमक-९ स्थित अनाथ बाल वृद्धाश्रममा रहेका आश्रितहरुलाई मानवीय सेवाको भावनाले खाना खुवाउने कार्यक्रम अन्तर्गत एक छाक भोजन गराएको छ । आश्रममा रहेका ३० जना आश्रितहरुलाई गएको तिहारमा खेलिएको देउसीभैलोको रकमबाट सहयोगस्वरुप शुक्रबार साँझ भोजन गराइएको हो ।
खाना खुवाउने कार्यक्रमको औपचारिक सत्रमा अध्यक्षता थाउजेन्ड ग्रुप अफ दमककी अध्यक्ष मिनाकुमारी थापा, स्वागत सचिव फूलमाया नेम्वाङ र कार्यक्रम संचालन कोषाध्यक्ष सन्ध्या दंगालले गरेका थिए । २०७७ साल असोज २६ गने स्थापना भएको सो ग्रुपले स्थापनाकालदेखिनै विभिन्न प्रकारका मानवीय सेवा तथा कल्याणका काम गर्दै आएको कोषाध्यक्ष दंगालले बताइन् । अनाथ बाल वृद्धाश्रमले त्यहाँ आश्रितहरुलाई खाना खुवाएर सहयोग गरेकोमा सो ग्रुपलाई विशेष धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता खालका सहयोगका कार्यक्रमहरु गर्न सफलता मिलोस् भनेर शुभकामना समेत व्यक्त गरेको जानकारीमा आएको छ ।

Exit mobile version