Site icon Jestha Aawaj | ज्येष्ठ आवाज

तिहारमा खनाल सेवा समितिको शुभकामना आदानप्रदान

दमक/ खनाल सेवा समिति झापा शाखाले शुभदिपावली र नेपाल सम्वत्, छठ पर्वको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम  सम्पन्न गरेको छ घृतकौशिक गोत्रिय प्रतिष्ठान माईघाम झापा भएको  शुभकामना आदान प्रदान कार्यक्रमको प्रमुख आतिथ्यता खनाल सेवा समिति झापाका पूर्वअध्यक्ष पुष्प कुमार खनालले गरेका  थिए भने विशिष्ट अतिथिहरु घृतकौशिक गोत्रिय प्रतिष्ठानका अध्यक्ष चन्द्रप्रसाद खनाल र खनाल सेवा समिति झापाका पूर्वअध्यक्ष हेमप्रसाद खनाल रहेका थिए ।
जिल्ला समितिका सदस्य विष्णु प्रसाद खनालले स्वागत मन्तव्य सहित शुभकामना व्यक्त गरेको सो कार्यक्रममा कार्यसमिति सदस्यहरु लिलानाथ खनाल, शुरेश खनाल, जिवन खनाल, मोहन खनाल,चूडामणि खनाल, खेमनाथ खनाल, भोला खनाल र योगेन्द्र राज खनालले समेत शुभकामना सहित शुभ भाव राखेका थिए । खनाल सेवा समिति झापा शाखाका अध्यक्ष तेजप्रसाद खनालको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन खनाल सेवा समिति झापा शाखाका सचिव ओमप्रसाद खनालले गरेका थिए ।

Exit mobile version