समाचार

दमकको झापा मोडल स्कूलमा विज्ञान महोत्सवको आयोजना हुँदै

दमक/ विज्ञान शिक्षाप्रति विद्यार्थीहरुको रुचि अभिवृद्धि गर्ने उद्देश्यले झापाको दमकमा नेपाल विज्ञान महोत्सव आयोजना गरिने भएको छ । यही असोज ३१ गते शुक्रबार दमक–८ स्थित झापा मोडल अंग्रेजी माध्यमिक विद्यालयमा यस्तो महोत्सवको आयोजना गरिन लागेको हो । महोत्सवमा विज्ञान, प्रविधि, ईन्जिनियरिङ, कम्युटर विज्ञान, बायोटेक्नोलोजी, हाइड्रोपावर, कृषि प्रविधि लगायत सँग सम्बन्धित ३० वटा स्टलहरु राखिने विद्यालयका प्रिन्सिपल सागर श्रेष्ठले जानकारी गराएका छन् ।
बुधबार महोत्सवको बारेमा जानकारी दिन विद्यालयमा पत्रकार भेटघाट गरिएको थियो । महोत्सवको आयोजना इन्गेज नेपाल विथ साइन्सले गरेको हो भने रिसर्च इन्स्टिच्यूट फर बायो साइन्स एण्ड बायोटेक्नोलोजी (रिब) र झापा मोडल अंग्रेजी माध्यमिक विद्यालयको संयुक्त सहकार्य रहेको छ । महोत्सवमा दमक नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय क्याम्पसका प्रमुख तथा अन्य विद्यालयका प्रधानाध्यापक, अभिभावक, शिक्षक, वुद्धिजीवी, विषय विज्ञ, आयोजक र सह–आयोजक संस्थाका विदेशी तथा स्वदेशी प्रतिनिधि र स्वयंसेवक तथा विद्यार्थीहरुको सहभागिता रहने त्यस अवसरमा जानकारी गराइयो ।


महोत्सवले विद्यार्थी र समुदायबीच व्यवहारिक विज्ञान, प्रविधि, ईन्जियिरिङ र गणितका बारेमा हुने शिक्षण सिकाइलाई प्रवद्र्धन गर्ने अपेक्षा पनि लिइएको छ । आयोजक इन्गेज नेपाल विथ साइन्सकी सह–संस्थापक डा. अल्बा अबाडले नेपाली विद्यार्थीहरु माझ गरिने यस्तो महोत्सवले विज्ञान विषयप्रतिको खस्कँदै गएको अभिरुचिलाई बढावा दिन सघाउ पुग्ने विश्वास व्यक्त गरिन् । रिसर्च इन्स्टिच्यूट फर बायो साइन्स एण्ड बायोटेक्नोलोजी (रिब) का प्रज्वलराज भण्डारीले यस्तो महोत्सव बिज्ञान विषय प्रतिको अभिरुचि जगाउन जागरण अभियानका रुपमा संचालन गरिँदै आएको बताए । सैद्धान्तिक शिक्षालाई व्यवहारिकता र सिर्जनशील बनाउने महोत्सव सहयोगी हुने झापा मोडलका संस्थापक निर्देशक जयबहादुर श्रेष्ठले प्रष्ट पारे । कार्यक्रमको अध्यक्षता झापा मोडलकी स्कूल को–अर्डिनेटर जस्मिन श्रेष्ठ र कार्यक्रम संचालन बहुप्रतिभाशाली साहित्यकार तथा शिक्षक धनकुटे कान्छाले गरेका थिए ।
महोत्सव शुक्रबार बिहान ८ देखि १० बजे सम्म राउण्ड टेबल डिस्कसन, १० देखि ११ बजेसम्म उद्घाटन सत्र र ११ देखि अपरान्ह ४ बजे सम्म विज्ञान प्रदर्शनी भएपनि समापन हुनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *