Site icon Jestha Aawaj | ज्येष्ठ आवाज

दमक नगर बाल सञ्जाल पुनर्गठन

दमक/ झापाको दमकमा नगर बाल सञ्जाल पुनर्गठन गरिएको छ । नगरपालिकाको सभाहलमा भएको वडा बाल सञ्जालहरुको प्रतिनिधिमूलक संयुक्त भेला तथा नगर बाल सञ्जालको पाँचौ वार्षिक साधारण सभाले प्रिपेश श्रेष्ठको अध्यक्षतामा सदस्यीय नगर बाल सञ्जाल पुनर्गठन गरेको हो । पुनर्गठित बाल सञ्जालका पदाधिकारी तथा सदस्यहरुलाई दमक नगर प्रमुख राम कुमार थापाले अविर टीका लगाएर बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

पुनर्गठित नगर बाल सञ्जालको अध्यक्षका लागि भने सहभागी बालबालिकाहरुले मतदान गर्नुपरेको थियो । सर्वसम्मत रुपमा चयन भएका नगर बाल सञ्जालका उपाध्यक्षमा प्रसिद्धि खतिवडा, सचिवमा किष्मिका पोखरेल, सह–सचिवमा दिवस वाग्ले र कोषाध्यक्षमा सुशान्त उपाध्याय रहेका छन् । सञ्जालको सदस्यमा जिम्मेवारी प्राप्त गर्नेहरुमा क्रमशः एन्जल राई, आकृति घिमिरे, रोशन बुढाथोकी, मनिक सिटौला, आशिका भण्डारी, अप्रिना पाण्डे, लेलिन गौतम, पूर्णिमा तिम्सिना, सुशान्त नेपाल र आशिका भट्टराई रहेका छन् । बाल सञ्जाल पुनर्गठनको सो कार्यक्रमका अतिथिहरुमा दमक नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सरिता भण्डारी, महिला विकास निरीक्षक जमुना पौडेल, अधिकृत भुवन दाहाल रहेका थिए भने सहजीकरण राम खतिवडाले गरेका थिए ।

Exit mobile version